|

तनहुँ : तनहुँको देवघाटमा प्रहरी बोकेको मिनिट्रक दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ। देवघाटमा भएको मेलामा सुरक्षा दिएर फर्कने क्रममा भ्यान दुर्घटना भएको बागमती प्रदेशका ट्राफिक इन्चार्ज एसपी प्रकाश रानाभाटले जानकारी दिए। 

‘दुर्घटना तनहुँको देवघाटमा भएको हो। एक जना प्रहरीको घटना स्थलमै मृत्यु भएको छ,’ रानाभाटले भने, ‘४ जना गम्भीर घाइते र १६ जना घाइते भएका छन्।’

गम्भीर घाइते र अन्य घाइतेहरु सबैको चितवनको पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको उनले थाहा खबरलाई जानकारी दिए। घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.