|
फाइल फोटो

हेटौंडा : बिहीबार साँझदेखि परेको लगातारको वर्षापछि पहिरोका कारण हेटौँडा-सिस्नेरी-काठमाण्डौँ सडक अवरुद्ध भएको छ।   

माघे झरीको कारण प्रदेशको राजधानीबाट संघको राजधानी जोड्ने मकवानपुरको हेटौँडाबाट काठमाण्डौँ जाने छोटो दूरीको मार्ग हेटौँडा-सिस्नेरी-काठमाण्डौँ सडक अवरुद्ध भएको हो। हिजो साँझबाट भएको लगातार वर्षातको कारण काठमाडौंको दक्षिणकाली मन्दिरनजिकै पहिरो जाँदा सडक बन्द भएको हो।

उक्त मार्ग बन्द हुँदा सो बाटो भएर चल्ने सवारीसाधन सडकमै रोकिएको प्रहरीले जनाएको छ। हाल अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ।

वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ। चिसोले गर्दा जनजीवन प्रभावित भएको छ। भोलिदेखि मौसम केही खुले पनि आशिंक बदली रहने मौसमविदको भनाइ छ। 

लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानसमेत प्रभावित भएको छ।  अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.