पूर्वाधार भएका कलेज सम्बन्धन नमिल्दा मसानघाट भइसके

|

काठमाडौं : राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीले मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य हरिचरण शिवाकोटीले भौतिक पूर्वाधार निर्माण तयार भए पनि सम्बन्ध नदिइएको भन्दै गुनासो गरे।

स्वयम्भूस्थित मनमोहन मेडिकल कलेजले लामो समयसम्म सम्बन्ध नपाएको बताउँदै शिवाकोटीले भने, '३६ सय जनताको सेयर रहेको उक्त कलेजलाई सम्बन्धन दिने कुरामा सरकार मौन रहनु उचित होइन।'

झापाको बिएण्डसी अस्पतालमा सुविधा सम्पन्‍न भवन तयार भइसक्दा पनि सम्बन्ध नदिएकोमा उनले गुनासो गरे।

'मेडिकल कलेजहरुलाई किन सम्बन्धन दिन सकेका छैनौँ। सरकारले बना भनेर कलेज बनाउँछन्, सबै पूर्वाधार तयार हुन्छन्', उनले भने, 'तर ५, ६ वर्षसम्म सम्बन्ध पाएका छैनन्। सम्बन्धन दिने कुरामा सरकार मौन बसेको छ। बिएण्डसी कलेजबारे कहिले के विवाद भएको छ? पूर्वाधार राम्रो छ तर सरकारले वर्षौसम्म सम्बन्धन दिन सकेको छैन्। किन् यस्तो हुन्छ?'

हरेक वर्ष कलेजहरुले राजस्व बुझाउँदै आए पनि सरकारले सम्बन्धन दिने कुरामा मौनता साँध्‍नु उचित नहुने उनले बताए। 'हरेक वर्ष ठूलो नेपाली विद्यार्थीहरु बंगलादेश, पाकिस्तान, चीन लगायतका मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि जाने गरेका छन्', उनले भने, 'ठूलठूला भवन निर्माण भए पनि सम्बन्धन नदिएर मेडिकल कलेजहरु मसानघाट जस्ता भएका छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.