काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट सभामुख पदको लागि मनोनयन दर्ता गरेका अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सभामुखका उम्मेदवार सापकोटा र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट दायर गर्दै उनलाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्न माग गरेका हुन्।
सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामा हत्या अभियोगको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ। उनीविरुद्ध कुनै पनि दलले सभामुख पदको लागि उम्मेदवार उठाएको छैन। त्यसैले सापकोटा आगामी माघ १२ गते निर्विरोध सभामुख हुनेछन्। फौजदारी अभियोग लागेको व्यक्ति सभामुखको उम्मेदवार रहेको भन्दै सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्ने आदेश पनि माग गरिएको छ।
उनले दायर गरेको रिटमा सापकोटालाई अनुसन्धानको लागि गिरफ्तार नगरेको भन्दै प्रहरीमाथि अबहेलना गरेको भन्दै कारबाही गर्न पनि भनिएको छ। रिटमाथि छलफल सर्वाेच्चले शुक्रबार नै उत्प्रेषणसमेत जारी गरेको छ। उत्प्रेषण पत्रमा आगामी माघ १२ गते पक्ष र विपक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।