मनाङ : गत वर्षहरू भन्दा छिट्टै नै हिमपात सुरु भए पनि अन्नपूर्ण पदमार्गमा पर्यटक ओहोरदोहोरको जारी छ। पर्यटन भ्रमण वर्षा २०२० शुभारम्भ भएयता मनाङको सदरमुकाम चामेदेखि हिमपातमै हिँडेर १४३ जना विदेशी पर्यटकले थोरङला भञ्ज्याङ पास गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ।
नेपालको बहुचर्चित अन्नपुर्ण पदमार्गमा पर्ने थोरङला भञ्ज्याङ समुद्री सतहदेखि ५ हजार ४ सय १६ मिटर उचाइमा छ।
लमजुङको बेसिसहरबाट सुरु हुने यो पदमार्ग हिमाली जिल्ला मनाङ प्रमुख रहेको छ। पहिले अफ सिजनमा त्यति पर्यटक नहिँडे पनि पछिल्ला केही वर्षयता भने बाह्रै महिना पर्यटकको आवतजावत हुँदै आएको होटल व्यवसायीको भनाइ छ। मनाङको तालगाउँ, धारापानीसम्म हिउँ बिलाए पनि तिमाङदेखि भने क्याम्प्रोन लगाएर हिँड्नु पर्ने अवस्था छ।
हिमपातले सवारीसाधन आवतजावतसमेत लामो समयदेखि ठप्प छ। हिमपातका कारण जिल्लामा त्यति चहलपहल देखिन्न। खानेपानी अभावमा स्थानीयहरूले हिउँ पगालेर दैनिकी चलाएका छन्। यस्तो अवस्थमा पनि बिदेशी पर्यटकभने ठमठम हिँडिरहेका छन्।
लमजुङको सदरमुकाम बेसिसहरबाट सुरु हुने यस अन्नपुर्ण पदमार्गको मुख्य गन्तव्यमा पर्ने थोरङला भञ्न्याङ पर्यटकको रोजाइमा पर्ने गरेको छ।
कहिले घाम कहिले हिउँ पर्ने गरेकाले केही पर्यटक भने मौसम चेक गर्दै आफ्नो यात्रलाई निरन्तरता दिदै पास गरेका छन्। स्थानीयले पर्यटकलाई खाना बस्नलाई सहज बनाउँदै कुनै घटना नघटोस् भनी बाटो देखाउने कामसम्म गरेको स्थानीय महिला पासङ गुरुङले बताइन्।
त्यस्तै, हिमपातले बाटो खोज्दै हिँड्नु परे पनि पर्यटकलाई सुरक्षित तरिकाले थोरङला पास गराउने गरेको पर्यटक गाइड भरत अधिकारीले बताए।
पर्यटक ४ हजार ८ सय ४८ मिटर उचाइमा रहेको हाइक्याम बाट थोरङला पास गर्दा मख्ख छन्। नेपाल साँच्चिकै स्वर्ग हो भन्दै आफू फर्किएपछि नेपाल आउने पर्यटकलाई अन्नपूर्ण राउण्ड घुम्न आउन अनुरोध गर्ने चेक्रोपब्लीकका नागारिकको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।