काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन मनाएका छन्।
विक्रम संवत् २००८ साल फागनु ११ गते तेह्रथुमको आठराईमा जन्मिएका प्रधानमन्त्री ओली ६८ पूरा गरी ६९ वर्षमा प्रवेश गरेका छन्। जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुलाफको फूलको माला लगाइदिएर जन्मदिनको शुभकामना दिए।
प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली, पत्नी राधिका शाक्य, नेकपाका नेता सुवासचन्द्र नेम्वाङ, परिवारका सदस्य तथा शुभेच्छुकहरूहरूले प्रधानमन्त्रीसँग जन्मदिनको खुसी साटेका छन्।
त्यस्तै प्रधानमन्त्री ओली आफ्नो जन्मदिन मनाउन केहीबेरमा जन्मथलो तेह्रथुम जाँदै छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।