|

डोल्पा : हिमाली जिल्ला डोल्पामा भे १ च २४६४ नम्बरको जीप दुर्घटना भएको छ।

आज बिहान ७ बजेर १५ मिनेट तिर त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानी बाट सदरमुकाम दुनैजाने क्रममा भित्तीमा दुर्घटना भएको हो।

दुर्घटनामा परि मृत्यु हुनेमा ठुलिभेरी नगरपालिका वडा नं ५ हुँ गाउँ बस्ने २३ बर्षीय चालक पञ्चे बहादुर बुढाको रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।

बुढाको उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको प्रहरीले बताएको छ। जिप सडकबाट दुईसय मिटर तल खसेर भेरीको किनारमा पुगेको बताईएको छ।

घटना कसरी घट्यो भन्ने बिषयमा अनुसन्धान गर्न प्रहरी नायव निरीक्षकको टोली घटनास्थलमा पुगेको प्रहरी नायव उपरीक्षक रञ्जितकारले बताए।

दुर्घटनाग्रस्त जिपमा चालक बुढामात्रै सवार रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.