|
प्रतीकात्मक स्केच

काभ्रे : फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही जहाजमा काठमाडौं आएका काभ्रेका दुई जना सम्पर्कमा आएका छन्। 
चैत ४ गते कतार एयरवेजमार्फत् नेपाल ओर्लिएका दुईजना सम्पर्कमा आएका हुन्। सम्पर्क आएका व्यक्ति बनेपा नपा वडा नं. २ निवासी दाहाल थरका र धुलिखेल–९ काभ्रे भञ्ज्याङका हुमागाईँ थरका हुन्।

दुवैजना अस्पतालको सम्पर्कमा आएको र टेकु पुगेर चेक गर्न अस्पतालले सुझाव दिएको धुलिखेल अस्पतालका डाक्टर सुमन श्रेष्ठले थाहा खबरलाई जानकारी दिए। ‘उहाँहरु सम्पर्कमा आउनुभएको छ, हामीसँग चेकजाँचको लागि उपकरण छैन, टेकु अस्पताल जान सुझाएका छौँ, अहिले उहाँहरु सञ्जीवनी माध्यमिक विद्यालयको क्यारेन्टाइनमा हुनुहुन्छ’ उनले भने।

चैत ४ गते फ्रान्सबाट फर्किएकी काठमाडौं घर भएकी युवतीमा कोरोना संक्रमण देखिएको थियो। सँगै आएकी भियतनामकी साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनी स्वास्थ्य परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन्। उनलाई संक्रमण देखिएपछि सरकारले सो जहाजमा आएका मानिसलाई सम्पर्कमा आउन अनुरोध गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.