|

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्‍या तीन पुगेको छ। आज कोरोना भाइरसबाट संक्रमित थप नयाँ एकजना (पुरुष) बिरामी भेटिएपछि संक्रमितको संख्‍या तीन पुगेको हो।

उनको टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको हो। खाडी मुलुकबाट आएका ती बिरामी टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थिए।

उनको नाम र ठेगाना गोप्‍य राखिएको छ। यसबारे केहीबेरमा स्वास्थ्‍य मन्त्रालयले औपचारिक जानकारी गराउने बताइएको छ। नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ। जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो। त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.