कोभिड-१९ {अपडेट}

शुक्लाफाँटा नगरपालिकामा विदेशबाट आएकाको संख्या सातसय बढी

चैत १८, २०७६

    कञ्चनपुर : विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिको तथ्यांक संकलन गरेको छ।

    संकलित तथ्यांक अनुसार विदेशबाट घर फर्कनेको संख्या सातसय ४९ रहेको छ। जस मध्ये भारतबाट मात्रै सातसय ३९ र अन्य मुलुकबाट १० जना घर फर्केका छन। महिला स्वास्थ्य स्वयंसेविकामार्फत नगरपालिकाले विदेशबाट आएका व्यक्तिको अभिलेख संकलन गरेको हो। भारत बाट फर्केकाहरूमा अधिकांश मजदुरी गर्न गएका व्यक्तिहरू रहेका छन्।  

    दुवईबाट पाँच, अमेरिकाबाट एक, साउदी अरेवियाबाट दुई, बंगलादेशबाट एक र थाइल्याण्डबाट एक नगरपालिकाका बासिन्दा घर फर्केको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए। 'भारतबाट फर्केका एक जनामा ज्वरो र चार जनामा रुघाखोकीको समस्या देखिएको छ' उनले भने, ‘ज्वरो आएका र रुघाखोकी लागेका व्यक्तिलाई महाकाली अस्पतालमा उपचारका लागि पठाइएको छ।’ अन्य बाँकीको अवस्था सामान्य रहेको उनले बताए।

    'विदेशबाट फर्केकालाई अनिवार्य रुपमा घरमै क्वारेन्टाइनमा बस्नका लागि भनिएको छ' नगर प्रमुख दिलबहादुर ऐरले भने,‘परिवारको सम्पर्कमा नआउने गरी घरमै क्वरेण्टाइनमा बस्न लगाएका छौं। कोरोनाका लक्षण देखिए नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न भनेका छौं।’

    विदेशबाट आएर पनि क्वारेन्टाइनमा नबस्ने, गाउँघरमा घुम्ने गरेको देखिए प्रचलित कानुन अनुसार कारवाही हुने उनको भनाई रहेको छ। नगरपालिकाले नगर प्रमुखको संयोजकत्वमा पूर्व तयारी कार्यसम्बन्धी समिति गठन गरिएको छ। 

    नगरपालिकाका १२ वटै वडामा वडास्तरीय समिति समेत गठन गरी कोरोना भाइरस रोकथामका लागि कार्य अगाडि बढाइएको छ। कोरोना भाइरस रोकथाम तथा पूर्व तयारीका लागि नगरपाकिाले २० लाखको आकस्मिक कोष समेत खडा गरेको छ। 

    खेतमै गहुँ थ्रेसिङ गर्नु पर्ने 

    कोरोना भाइरस रोकथामका लागि शुक्लाफाँटा नगरपालिका ३ ले गहुँ थ्रेसिङ खेतमै गर्नु पर्ने निर्णय गरेको छ। यस वर्ष किसानलाई घरमै गहुँ बोक्न दिदैनौं वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘निकै भिडभाड हुने भएकाले परिवारका सदस्यले मात्रै आ आफ्नो खेतमागै गहुँ काटी खेतमै चुटनु पर्ने छ।’ 

    वडा भित्रका ट्रयाक्टर मात्र प्रयोग गर्ने, वडा भित्रका ट्रयाक्टरलाई बाह्य क्षेत्रमा जान नदिने, सामुहिक भीडभाड नगरी गहुँ चुटाई गर्ने निर्णय समेत गरिएको वडा अध्यक्ष चौधरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]