|

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ। 

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार  कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ७४ पुगेको छ। भारतमा कोरोना संक्रमणबाट १ सय ३६ जनाको ज्यान गइसकेको छ।

सोमबार १ सय ९ जनाको मृत्य भएको भारतमा एकै दिनमा थप २७ जनाको मृत्यु भएको छ।  कोरोना संक्रमण फैलनबाट रोक्न भारतमा लकडाउन जारी छ। तर तीव्र रुपमा संक्रमण फैलिइरहेको छ। भारतका कोरोना संक्रमितमध्ये ४७ प्रतिशतको उमेर ४० वर्षभन्दा कम छ। ३४ प्रतिशत ४० देखि ६० उमेर समूहका छन् भने ६० माथिका १९ प्रतिशत मात्र छन्। संक्रमितमध्ये ७६ प्रतिशत पुरुष र २४ प्रतिशत महिला छन्।

३० राष्ट्रमै कोरोनाको संक्रमण फैलिएको छ । महाराष्ट्रमा सबैभन्दा बढी संक्रमण फैलिएको छ। त्यहाँ संक्रमितको संख्या ८ सय ६८ पुगिसकेको छ। संक्रमितहरुमा २६ जना नर्स छन् भने तीन जना डक्टर पनि कोरोना संक्रमणमा परेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.