गाेदाममै ताल्चा लगाएर राखिएकाे छ : वडाध्यक्ष

|

दाङ :  भारतको महाराष्ट्रबाट ल्याएका केरालाई दाङमा 'क्‍वारेन्टाइन'मा राखिएको छ। घोराहीका एक स्थानीय व्यापारीले मगाएको एक गाडी केरालाई दाङ उद्याेग वाणिज्य संघ, स्थानीय जनप्रतिनिधि, वडा प्रहरी कार्यालयको रोहबरमा पसलमा ताला लगाएर राखिएको छ।

'भारतको महाराष्ट्रबाट ल्याइएको केरा रहेछ, घोराही १४ का वडाध्यक्ष शक्तिराम डाँगीले भने, ‘महाराष्ट्रमा कोरोनाको संक्रमण बढिरहेकाले केरा ल्याएर राखिएकाे पसलमै गएर ताला लगाएर राखिएको छ,' उनले भने। व्यापरीले कानुनी प्रक्रिया पूरा गरी ल्याएका भए पनि कोरोना संक्रमति ठाउँबाट ल्याएको हुनाले त्यो तत्काल बिक्री गर्नु हुँदैन भनेर  ताला लगाइएकाे उनले बताए। 

त्यसैगरी घोराही उपमहानगरपालिका १४ ले कुपनमार्फत राहत वितरण गर्ने भएको छ। लकडाउनको बेला राहत गाडीमा बोकी घर घर बाँड्दा धेरै भीडभाड हुने भएकाले आफूहरुले राहत गोेदाममै राखेको वडाध्यक्ष डाँगीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.