|

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीका सीमाक्षेत्रमा आवागमनमा कडाई गरिएको छ। लकडाउनका बेला महाकाली नदीवाट अबैध रुपमा नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न नाकाहरूमा सशस्त्र प्रहरी परिचालन गरि आवागमनमा कडाई गरिएको हो। जिल्लाका विभिन्न १० भन्दा बढी नाका (घाट)हरूमा सशस्त्र प्रहरी परिचालन गरिएको हो।

सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म बैतडीबाट सीमा क्षेत्रमा पाँच टोली परिचालन भएका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले जानकारी दिए। जिल्लाको शिवनाथ गाउँपालिका,पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न सीमा क्षेत्रमा ६३ जनाको टोली परिचालन गरिएको उनले बताए।

शिवनाथको कुस्मतघाट र नागार्जुनघाट, पञ्चेश्वरको रोलघाट, हल्दुविनायक, धर्मघाट, विनायकघाट, रोडिदेवल र गिरेगडा र दशरथचन्द नगरपालिकाको बारोकोट र तिरखडेनीमा गरि पाँच टोली परिचालन गरिएका छन्।

लकडाउनमा सीमानाका बन्द भएपछि भारतबाट अबैध रुपमा ट्युब प्रयोग गरी महाकाली नदी तरेर नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्रको टोलीहरू परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। अबैध रुपमा नेपाल भित्रिने क्रम रोक्न सीमामा अस्थाई चेक पोइन्ट स्थापना गरी उच्च सतर्कता अपनाइएको उनले बताए। 

सशस्त्र प्रहरी परिचालनसँगै सीमा नाकाको आवागमनमा कडाई भएको छ। लकडाउनका बेला अबैध रुपमा भारतबाट आएका सुदूरपश्चिममा नागरिकमा कोरोना संक्रमण देखा परेपछि सीमा क्षेत्रमा आवागमनमा कडाई गरिएको हो।

सीमा क्षेत्रका आवागमनमा कडाई गर्न आवश्यकताअनुुसार थप सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.