|

बैतडी : भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसन भर्ना गरिएको छ। दार्चुला घर भएका प्रहरी जवान सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत थिए। 

प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। '३२ वर्षीय ती जवान सीमा नाकामा खटिएका हुनाले आइसोलेसनमा भर्ना गरिएको हो,' डा. जोशीले भने, ‘सीमामा कार्यरत रहेकोले स्वास्थ्यमा समस्या आउँदा शंकास्पद भनेर भर्ना गरेका हौं।’ 

जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएका प्रहरी जवानको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा. जोशीको भनाई छ। प्रहरी जवानको 'थ्रोट स्वाब' संकलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको अस्पतालले जनाएको छ। 

भारतबाट अवैध प्रवेश रोक्न बैतडीका सीमामा सशस्त्र प्रहरी खटाइयो

यसअघि पनि जिल्ला अस्पताल बैतडीमा दुईजनालाई कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएको थियो। परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो।

बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकोले लकडाउनका बेला पनि अबैध रुपमा महाकाली नदीमा ट्युबमा तरेर आउन क्रम नरोकिदा कोरोना संक्रमणको जोखिम बढ्दो छ। 

अवैध नेपाल प्रवेश रोक्न सीमाक्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.