|

पर्सा : पर्साको नारायणी अस्पतालमा कोरोना भाइरसको शंका गरी आइसोलेशन वार्डमा राखिएमध्ये तीनजना बिरामी अहिलेसम्मकै सबैभन्दा बढी शंकाजनक फेलापरेका छन्। उनीहरुलाई शुक्रबारबाट नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ।  हालसम्मका बिरामीमध्ये यी तीनजना भने अलि बढी शंकाजनक रहेको बताइएको छ।

उनीहरुलाई हिजो पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललिकुमार बस्नेतले बताए। 'बढी शंकाजनक ठानिएका तीनै जना भारतबाट नेपाल आएर मस्जिदमा लुकेर बसेका मुस्लिम नागरिक भएको खुलेको छ' उनले भने। यी तीनैजना भारतीय नागरिक रहेको नारायणी अस्पतालका एक चिकित्सकले बताए।

रिपोर्ट नआउन्जेल ग्यारेन्टी छैन

तीनै जनाको थ्रोट स्वाब परीक्षणका लागि बाहिर पठाइएको छ। त्यो रिपोर्ट नआउन्जेल कुनै कुरा ग्यारेन्टी साथ भन्न नसकिने वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मनोज उपाध्यायले बताए। ती बिरामीको हाउभाउ पहिलेका बिरामीभन्दा अलि फरक रहेको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाइ छ। स्वास्थ्यकर्मीलाई थुक्ने, यार्डमा पनि जतापायो उतै थुक्ने तँलाई रोग सारिदिऊँ भने जस्ता हर्कत पनि उनीहरुले गर्ने गरेको त्यहाँका स्वास्थ्यकर्मीहरूको भनाइ छ।

तर मेसु डा. उपाध्याय र पर्साका कोभिड १९ कमाण्ड पोष्टका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी बस्नेत भने यो विषयमा त्यस्तो नभएको बताउँछन्।

हतारमा बोल्दा गल्ती हुन्छ 

रिपोर्ट नआउन्जेल ठोस बोल्न नसकिने उनीहरुको भनाइ छ। 'पोखरामा अस्ति हतारमा बोल्दा पछि त्यो कुरा गलत भयो, हामी केन्द्रबाट रिपोर्ट नआएसम्म यसै भन्न सक्दैनौं' पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने।

शनिबारे (आजै) बेलुकीसम्ममा उनीहरूको रिपोर्ट आउने बताइएको छ। 'शनिबार बेलुकासम्म रिपोर्ट आउँछ होला माथि कुरा भइरहेको छ। पर्साबाट पठाएका ६० जनाको रिपोर्ट नेगेटिभ आयो' मेसु डा. उपाध्यायले भने, 'बाँकी ३४ जनाको थ्रोट स्वाबको रिपोर्ट शनिबार बेलुकासम्म आउनुपर्ने। त्यो ३४ मा यी ३ जना पनि पर्छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.