काठमाडौं : कोरोना भाइरसको द्रुतजाँच (र्यापिड टेष्ट) का क्रममा कोरोना संक्रमणको आशंका गरिएकी बागलुङकी ६५ वर्षीया महिलाको थ्रेट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरीएको परीक्षणका क्रममा आशंका गरिएकी महिला र उनका छोरा दुवैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।
आइतबार गरिएर्को यापिड टेष्टका क्रममा ति महिलामा कोरोना पोजेटिभ नतिजा देखापरेको थियो। ‘आईतबार आरडिटी टेष्टमा उहाँको नतिजा पोजेटिभ आएको थियो’ गुरौले भने ‘पिसीआर जाँचमा उहाँमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।
अहिले उनीहरुलाई भीमसेन माध्यमिक विद्यालयमा काठेखोला गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको छ।
दुवैको नतिजा नेगेटिभ आएकाले अब होम क्वारेन्टाइनमा बस्दा पनि फरक नपर्ने गुरौले बताए। ती महिला तीर्थयात्रामा भारतका विभिन्न स्थानमा पुगेर गत चैत महिनामा घर फर्केकी थिइन्।
त्यस्तै, कञ्चनपुरका कोरोना संक्रमित युवासँग भारतबाट सँगै नेपाल छिरेका बरेङ गाउँपालिकाका एक युवाको थ्रेट स्वाबको नतिजा पनि नेगेटिभ आएको छ। उनीसँगै आएका ७ जनाको यसअघि नै कोरोना परीक्षण नतिजा नेगेटिभ आएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।