|

बोस्टन :  नेपाललगायत दक्षिण एसियासँग अमेरिकाको सम्बन्धमा नेपाली प्रतिनिधित्व गर्दै आएका प्रा डा। विष्णुप्रसाद पौडेलको मंगलबार अमेरिकाको भर्जिनियामा निधन भएको छ। उनी ८९ वर्षका थिए। 

आधा शताब्दीअघि अमेरिका आएका पौडेलको जन्म सन् १९३९ मा भएको थियो। पौडेल अंग्रेजी, संस्कृत, नेपाली र हिन्दीलगायत अन्य केही स्थानीय भाषामा पनि दख्खल थिए।

 डिसी मेट्रो क्षेत्रका नेपालीहरुमाझ उनी मान्य, सिनियर र परिपक्व र विद्वान व्यक्तित्व थिए। उनले दक्षिण एशिया क्षेत्रको नीति अनुसन्धानमा राष्ट्रपति बिल क्लिन्टनको पालामा ह्वाईट हाउसलाई परामर्श दिने टिमलाई दुई कार्यकाल नेतृत्व गरेका थिए।

नेपालका सरकारी विद्यालयहरुलाई सुचना प्रविधीमा आधुनिकीकरण गर्न काम गरिरहेको संस्था इक्वालिटी फाउन्डेसनका संस्थापक अध्यक्षसमेत थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.