|

काठमाडौं :  बेलायतको लण्डनमा कोरोना भाइरसको संक्रमणबाट अर्का एक भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ। लण्डनको वेष्ट ड्राइटन्टमा बसोबास गर्ने ८२ वर्षीय हरिमान तामाङको स्थानीय हिलिङडन अस्पतालमा हिजो मृत्यु भएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का उपाध्यक्ष धर्म तामाङले जानकारी दिए।

स्वास्थ्यमा समस्या आएपछि उनलाई पाँच दिनअघि अस्पताल भर्ना गरिएको थियो। अस्पताल लगेपछि तामाङलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

नेपालमा धनकुटाको हात्तीखर्क घर भएका तामाङ श्रीमती, छोरी कला र ज्वाइँ मणि तामाङसँगै लण्डन बस्दै आएका थिए। बेलायतमा कोरोना भाइरसबाट यसअघि दुईजना भूतपुर्व गोर्खासमेत गरी दश जना नेपालीको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.