|

किरण राई

लण्डन : कोरोना भाइरसका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बेलायतमा मृत्यु हुनेको संख्या बढेको हो। 

मृत्यु हुने धेरैजसो वृद्ध भुतपूर्व ब्रिटिस गोर्खा सैनिकहरु छन्। हालसम्म संक्रमित नेपालीहरु संख्या पनि एकीन छैन। कोरोनाका कारण १६ जना नेपालीको मृत्यु भएको नेपाली दूतावासले समेत पुष्टि गरेको छ । दूतावासका अनुसार बेलायतभर १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर फर्किएका छन्। 

अस्पताल नै भर्ना भएर ७ जनाले उपचार गराइरहेका छन्। यो संख्या अझै थप हुन सक्ने अनुमान गरिएको छ । दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक कामबाहेक घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ । 

बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ लाखमाथि पुगेको छ। १४ हजार भन्दा बढीको मृत्यु भएको बेलायतस्थित सञ्चारमाध्यमले जनाएका छन्।

बेलायतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। दैनिक सयौंको संख्यामा कोरोना भाइरसबाट मृत्यु हुँदै आएको छ । 

कोरोना भाइरसको संक्रमण अत्यधिक बढेपछि धेरै मानिस घरभित्र बस्न बाध्य छन्।  कोरोना भाइसको महामारीले देश नै लकडाउनमा जाँदा रोजगारमुलक कामहरु बन्द छन्।

त्यसैले मानिसहरुमा बेरोजगारीको समस्या बढेको छ। मौसम परिवर्तनसँगै कोरोनाको महामारी बढ्दै गएपछि धेरै मानिसहरु जोखिममा परेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.