|

काठमाडौं :  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण सोधेको छ।

जनसंख्या मन्त्रालयले कोरोनाका सम्बन्धमा मर्यादाविपरीत बोलेको भन्दै डा पुनसँग स्पष्टीकरण बुझाउन चिठी काटेको हो। उनले कोरोनाका विषयमा जथाभावी अभिव्यक्ति दिनुका साथै संक्रमितको फोन तथा सामाजिक सञ्जालमार्फत  मर्यादाविपरीत गतिविधि गरेको आरोप छ। 

यसअघि मन्त्रालयले मौखिक जानकारी गराए पनि डा. पुनले विज्ञ चिकित्सक भएर पनि जथाभावी बोलेको भन्दै मन्त्रालयले चिठी काटेको हो। डा. पुन शुक्रराज ट्रपिकल अस्पतालमा कार्यरत करारमा कार्यरत चिकित्सक हुन्।

सरुवा रोगमा  जापानबाट विद्यावारिधी गरेका उनी सरुवा रोगका विषयमा धेरै जानकारी प्रवाह गर्ने चिकित्सकमा पर्छन्। कोरोना भाइरसका विषयमा पनि सर्वसाधारणलाई सबैभन्दा पहिले जानकारी गराउने नेपाली चिकित्सकमध्ये उनी एक हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.