|
कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव ।

बारा : राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको दुई लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर उनी बुधबार साँझ तारेखमा रिहा भएका हुन्।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको इजलासले बुधबार बेलुका नगर प्रमुख यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनसँग दुई लाख ८१ हजार धरौटी मागेको हो। 

कुहिएको दालको दलदलमा जनप्रतिनिधि : बारामा वडा अध्यक्षसहित पाँच जना पक्राउ

दाल प्रकरणमा नगर प्रमुखसमेत मुछिएका कारण जिल्ला प्रशासनमा अबेर रातिसम्म इजलास खोलिएको थियो। नगर प्रमुखसहित ११ जना विरुद्ध प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको थियो। 

अन्य प्रतिवादीहरुसँग भने प्रशासनले ६० हजार रुपैयाँ धरौटी माग गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। राहतमा कुहिएको दाल वितरण गरेपछि दाल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरेको थियो। 

राहतको नाममा कुहिएको दाल वितरण गर्ने मेयर पक्राउ

त्यसैगरी नगर प्रमुख यादवका काकाको छोरा रोशन भनिने रविन्द्र यादव, यादव आइस एण्ड कोल्ड स्टोरका मुन्सी बच्चु दास भनिने बच्चु यादव, कृष्णप्रसाद यादव, कलैया वडा नं २७ का वडा अध्यक्ष रियाजुल अन्सारी, वडा नं १ का वडा अध्यक्ष हरिओम प्रसाद सोनार, वडा नं ७ का अध्यक्ष सैफुल्लाह मियाँ अन्सारी, वडा नं ११ का अध्यक्ष सर्व नारायण चौधरी, वडा नं १३ का अध्यक्ष राजन प्रसाद कुर्मी, वडा नं २६ का महेश साहसँग ६० हजार धरौटी माग गरिएको हो। वडा नं २० का सचिव खेदु मियाँको संलग्नता नदेखिएपछि उनी विरुद्ध भने माग दावी पेश नै नगरिएको प्रवक्ता मिश्रले जानकारी दिए।

राहतमा कुहिएको दाल प्रकरण : कलैयाका मेयर र वडाध्यक्षसहित १२ जनाविरुद्ध मुद्दा दर्ता, यी हुन् फरार

कलैया उपमहानगरपालिकाका विभिन्न वडाले ४ वर्षदेखि यादव आइस एन्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको दाल राहतमा वितरण गरेका थिए।   

कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.