हेटाैंमा प्रहरीले ल्यायाे मान्छे समाउने पासाे

|

हेटौंडा :  बागमती प्रदेशमा हालसम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट कोरोना संक्रमणको ७ हजार १ सय ४३ जनामा परीक्षण गरिएको छ। 

प्रदेशका १३ वटै जिल्लामा र्‍यापिड टेस्ट गर्दा १४ जनामा पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईंले जानकारी दिए।

आरडिटीको कामलाई अरु प्रदेशमा जस्तै बागमतीमा पनि तीव्रता दिइएको छ। काठमाडांैमा २ हजार २ सय २५ जना, भक्तपुरमा ३ सय ४६ जना, ललितपुरमा ४ सय ५६ जना, रसुवामा ५५ जना, नुवाकोटमा ४ सय ८४ जना, धादिङमा ५ सय ३८ जना, चितवनमा ७ सय १७ जनाको आरडिटी गरिएको छ। 

त्यस्तै सिंधुलीमा ४ सय ५९, रामेछापमा १ सय ५५, दोलखामा ३ सय ३३, काभ्रेमा ४ सय ७९, सिन्धुपाल्चोकमा ४ सय १४ जनामा टेस्ट गरिएको छ। हिजो(बिहीबार) मात्र ४ सय ५५ जनामा आरडिटी गरिएको मन्त्रालयले जनाएको छ।

मकवानपुरमा ४ सय ८० जनाको आरडिटी

मकवानपुरका १० वटै स्थानीय तहमा गरी ४ सय ८० जनाको आरडिटी गरिएको छ। तीमध्ये चार जनाको पोजेटिभ देखिको छ। त्यस्तै पिसिआरबाट भने सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ। 

मकवानपुरको हेटौंडामा सबैभन्दा धेरै आरडिटी गरिएको छ। शंकास्पद र विदेशबाट फर्किएकाहरुलाई लक्ष्य गरी आरडिटी गरिएको बताइएको छ। 

हेटौंडाको ल्याबमा मात्र ३ सय ३८ को पिसिआर परीक्षण

हेटौंडा उपमहानगरपालिका १० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस परीक्षण ल्याबमा हालसम्म तीन सय ३८ जनाको स्वाब परीक्षण सकिएको छ। यहाँ जाँच गरिएकामध्ये तीन जनाको स्वाब रिपोर्ट पोजेटिभ आएको छ। तीनै जनाको रिपोर्ट यसअघि नै सार्वजनिक गरिएको छ। 
हेटौंडाको ल्याबमा मकवानपुर, बारा, पर्सा, रौतहटलगायत जिल्लाबाट पनि स्वाब परीक्षणका लागि ल्याउने गरिएको छ।

प्रहरीले ल्यायो मान्छे समाउने पासो

लकडाउनको समयमा सर्वसाधारणको हिँडडुल बढेपछि मकवानपुर प्रहरीले मान्छे समाउने ‘पासो’ ल्याएको छ। बिहीबारबाट मकवानपुर प्रहरीले मान्छे समाउने यो प्रविधि प्रयोगमा ल्याएको हो। 

नजिकबाट मानिसलाई समाउँदा प्रहरीमा पनि कोरोना संक्रमणको जोखिम हुने भएकाले ‘म्यान क्याच स्टिक’ प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरी निरीक्षक सुजन पाठकका अनुसार सर्वसाधारणलाई अनावश्यक रुपमा बाहिर ननिस्कन माइकिङसमेत गरिएको छ। 

सयाैं मान्छे हेटौंडामा

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मकवानपुरका १ हजार सर्वसाधारण हेटौंडा आइपुगेका छन्। मकवानपुर जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरु कृष्णप्रसाद दाहाल तथा विरोध खतिवडाको पहलमा शुक्रबार बिहान मात्र १ हजार जना सर्वसाधारण मकवानपुर ल्याइएका हुन्। 

शुक्रबार एकैदिन २० वटा यात्रुबहाक बसमार्फत काठमाडौंका विभिन्न स्थानबाट हेटौंडा ल्याइएको सांसद कृष्णप्रसाद दहालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.