|

उदयपुर : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा उदयपुरमा ११० जनाको परीक्षण गरिएकोमा सबै नतिजा नेगेटिभ आएको छ।

पिसिआर विधिबाट ११० जनाको कोरोना परीक्षण गरिएको थियो। पाँच जनाको रिर्पोट आउन बाकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए। 

चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५ को रामजानकी टोल, टोकनीटोल, अजगरा, बडेरुवाटोल, सुन्दरपुर र ९ नम्बर वटाकोे पूर्वटोल ज्यामिरे कदमगाछीमा शंंकास्पद व्यक्तिहरुको नमुना संकलन गरिएको थियो। जसमा मुस्लिम समुदायका ५१ जना र चिया तथा किराना पसल र उनीहरुसँगको सम्पर्कमा आएका सात जनाको स्वाब संकलन गरिएको थियो । ती ५८ जनाकै रिपोर्ट नेगेटिभ आएको हो।

त्यस्तै त्रियुगा नगरपालिका २ मोथियाहीका २० जना र स्वास्थ्यकर्मी लगायत अन्य २७ जनाको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख सुवेदीले बताए।

प्रदेश १ सरकारले खटाएको स्वास्थ्यकर्मी टोली र जिल्ला जनस्वास्थ्यको टोलीले स्वाब नमुना संकलन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.