|

बारा : प्रदेश २ मा १२ जना कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये चारजना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्। आठजनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पातालमा उपचार भइरहेको छ।

संक्रमित हुनेमा पर्साका ६, रौतहटका तीन, बाराका दुई, सर्लाहीका एकजना रहेका छन्। पर्साका भेटिएका तीनजना भारतीय नागरिक हुन्।

प्रदेश २ मा कोरोना संक्रमणका आशंकामा १६ जनालाई आइसोलेशन वार्डमा राखिएको छ। प्रादेशिक अस्पाताल जनकपुरमा आठ, सिमराको अस्थायी कोरोना अस्पातालमा सात, सिराहाको महेन्द्रगेनाईमा एकजनालाई आइसोलेसनमा राखिृको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आसुलेशनमा राखिएका १६ जनाकै स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।

यस प्रदेशमा अहिलेसम्म दुई हजार ३८५ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो। परीक्षणका लागि पठाइएका ४६५ जनाको रिर्पोट आउन बाँकी छ। अन्यको रिर्पोट नेगेटिभ आएको छ। 

यस्तै, पाँच हजार १६१ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ। आरडिटी परीक्षणमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो। त्यसलाई पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको थियो।

बढाइयो परीक्षणको दायरा 

संक्रमित भेटिएपछि प्रदेश २ मा परीक्षणको दायरा बढाईएको छ। सिमरा र पचरौताबाट १३ जनाको स्वाब संकलन गरिएको छ। संकलिन स्वाब परीक्षणका लागि प्रदेश ३ को कोरोना अस्पाताल हेटांैडामा पठाइएको छ। त्यसअघि १०२ वटा नमुना परीक्षका लागि पठाइएको थियो। उनीहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ।
 
विभिन्न स्थानका क्वारेनटाइनमा राखिएका १७५ जनाको आरडिटी परीक्षण गरिएको छ। उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ।

संक्रमितको सम्पर्कमा आएको स्वाब संकलन

बारामा कोरोना संक्रमित दुईजनाको सम्पर्कमा आएका नौजनालाई जितपुर सिमरा उपमहानगरपालिकाले निर्माण गरेको आइसोलेसनमा राखिएको छ।

आइसोलेसनमा राखिएकाहरुको थ्रोट स्वाब संकलन गरी नारायणी अस्पतालमा बुझाइएको र नारायणी अस्पतालले संकलित स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको समेत बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए।

बारामा संक्रमित देखिएका दुई जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.