यति धेरै हताहती होला भन्‍ने सोचेकै थिएनौं : विदेश मन्त्री

|

लण्डन : कोरोना भाइरस (कोभिड-१९) बाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको छ।

बेलायतमा यस संक्रमणबाट मृत्यु हुनेको संख्या युरोपका अन्य राष्ट्रभन्दा बढी देखिएको छ। बेलायतको सरकारी निकायको तथ्यांकअनुसार बेलायतमा बुधबार बिहानसम्म कोभिड-१९ को संक्रमणले २९ हजार ४२७ जनाको मृत्यु भएको छ।

यो युरोपमा अहिलेसम्म सबैभन्दा धेरैको ज्यान गएको भनिएको इटालीभन्दा धेरै हो। इटालीमा यस प्रकोपबाट ज्यान जानेको संख्या २९ हजार ३०० रहेको छ। 

बुधबार दैनिक पत्रकार भेटघाटका क्रममा यहाँका विदेशमन्त्री डोमिनिक राबले बेलायतले छोटो अवधिमा यति धेरै संख्यामा बेलायती नागरिकको मृत्यु होला भन्‍ने नसोचेको बताएका थिए। 

आफूले आफ्नो देशको इतिहासमा यति धेरै व्यक्तिको मृत्यु हुने घटना कहिल्यै नदेखेको प्रतिक्रिया पनि दिएका थिए।

बेलायतमा विश्‍वका अन्य राष्ट्रहरुको अपेक्षा कोभिड-१९ संक्रमितको मृत्युदर पनि बढी छ। इटालीमा कोभिड-१९ को संक्रमणले हालसम्म २९ हजार ३१५ जनाको मृत्यु भएको हो। जुन बेलायतभन्दा कम छ। तर इटालीभन्दा बेलायतमा संक्रमण दर र मृत्यु दर पनि बढी रहेको देखिएको छ।

बेलायतमा परीक्षण दर पनि कम रहेको बताइएको छ। बेलायतमा आजसम्म १३ लाख ८३ हजार ८४२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ। 

बुधबार बिहानसम्म बेलायतमा कोरोना भाइरसको संक्रमितको संख्या एक लाख ९६ हजार पुगेको देखिएको छ। यसरी हेर्दा बेलायत विश्वमा कारोनाबाट सबैभन्दा धेरै नागरिकको ज्यान जाने देश अमेरिकापछिको दोस्रोमा रहेको पाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.