|

काठमाडौं :  भारतीय सुरक्षाबलको कारबाहीमा प्रतिबन्धित संगठन हिज्बुल मुजाहिद्दिनका एकजना प्रमुख नेता काश्मिरमा मारिएका छन्। 

मुजाहिद्दिनका सैन्य प्रमुख रियाज नाइकु भारतीय सुरक्षाबलको कारबाहीमा मारिएका हुन्। बिबिसीका अनुसार भारतीय सुरक्षाकर्मीले काश्मिरको पुलवामास्थित आफ्नो बेगपोरा गाउँमा बसिरहँदा नाइकूलाई घेरा हालेर कारबाही चलाएको थियो। 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत जनवरी महिनायता उक्त क्षेत्रमा कम्तीमा ७६ विद्रोही र २० जना सुरक्षाबलका अधिकारीहरुले मुठभेडमा ज्यान गुमाएका छन्।

विद्रोही संगठन मुजाहिद्दिनका वुहार्न वानी सन् २०१६ मा मारिएपछि नाइकू संगठनको प्रमुख बनेका थिए। वानीको मृत्युपछि भारत र पाकिस्तान प्रशासित काश्मिरमा लामो समयसम्म अस्थिरता निम्तिएको थियो। भारतले आफ्नो नीतिमा विद्रोही नेता मारिएपछि शव परिवारजनलाई नबुझाउने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.