रक्षामन्त्री राजनाथ सिंहले उदघाटन गरे

|

भारतले नेपाली भूमि लिपुलेकबाट चीनसम्मको सीमा जोड्नकोसडकमार्ग खोलेको छ। उत्तर भारतबाट चीनसम्मको सीमा जोड्नका लागि शुक्रबार ८० किमिको बाटो रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत उदघाटन गरेका हुन्।  

चीनको सीमासम्म बाटो बनेपछि देशको सामरिक बलियो हुने रक्षामन्त्री सिंहले बताए। कैलाशसरोवर जानका लागि यस मार्गबाट सहज हुन्छ। सेना, सीमा सुरक्षाबल र प्रहरी जवानलाई सीमा सुरक्षा गर्न जानलाई सहज हुन्छ।

यस मार्गले नेपालको सीमालाई पनि जोडनेछ। तीन देशको अन्तर्राष्ट्रिय सीमाको सडक सुरक्षामा भारत र तिब्बतको सुरक्षाकर्मीलाई सुविधा मिल्ने भएको छ। सीमा सुरक्षाकर्मीलाई सामान ओसारपसार गर्नलाई सहज हुने भएको छ। धारचुलाबाट चीन पुग्‍नका लागि चारदिन लाग्थ्यो भने अब सडक बनेपछि पूरा एक दिनमा पुगिने भएको छ।

उनले सडक निर्माणका लागि बिआरओले गरेको कामको प्रशंसा गरेका थिए। यस क्षेत्रमा बाटो निर्माण गर्नु ठूलो चुनौती रहेको उनले बताए। मन्त्रीले हरियो झण्डा देखाएर धारचुलाको लागि एसएसबीको सवारीसाधन पठाएका थिए। शनिबार बिहान धारचुलाबाट चीनको सीमा जानेछ।

उदघाटन समारोह नैनीसेनामा भएको थियो। कार्यक्रममा मुख्य अभियन्ता विमल गोस्वामी, विवेक भुषण,ओसी कर्नल सोमेन्द्र बनर्जी, जिल्ला अधिकारी डा.विके जोगदंडे, प्रहरी प्रीति प्रियदर्शिनिको उपस्थिति थियो।

सामरिक महत्वको दृष्टिकोणले यो मार्ग महत्वपूर्ण रहेको छ। सन् २००६ देखि लिपुलेकदेखि निर्माण कार्य सुरु भएको थियो। २०१२ सम्ममा निर्माण गर्ने लक्ष्य राखेको थियो। विविध कारण तथा भौगोलिक कारणले निर्माण प्रक्रियामा बाधा आएको थियो। ठूला-ठूला पहाडको चट्टान फुटाउनका लागि अष्ट्रेलियाबाट आधुनिक मेसिन ल्याइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.