|

एजेन्सी : भारत सरकारले कोरोना भाइरसको कारण विश्‍वभर लडकाउनमा फसेका आफ्ना नागरिकको उद्बार गर्न थालेको छ।

'बन्दे भारत मिसन' र 'मिसन समुद्र सेतुको' दुईवटा मिसनबाट विदेशमा रहेका आफ्ना नागरिकको उद्बार गर्न थालिएको हो। बिहीबार एयर इन्डियाको जहाजबाट ३ सयभन्दा धेरै भारतीय नागरिकलाई विभिन‍न मुलुकबाट उद्बार गरि ल्याइएको छ। सिंगापुर, बंगलादेश र साउदी अरबबाट पनि उद्धार गरि ल्याइएको हो।

एयर इन्डियाको जहाजले भारतीय नागरिक ल्याउन एकै दिनमा पाँचवटा उडान भरेको छ। सिंगापुरबाट दिल्ली, साउदी अरबको रियाददेखि कोझीकोड, बंगलादेशबाट दिल्ली, बहराइ देखि कोच्ची र युएईबाट चेन्‍नइमा भारतीय नागरिक ल्याइएको हो।

भारतीय नौसेनाले माल्दिभ्सबाट पनि नागरिक ल्याएको छ। माल्दिभ्सबाट ल्याइएका ६ सय ९८ जना लाई केरलाको कोचीमा राखिएको छ। मे ९ देखि अमेरिकाबाट पनि भारतीय नागरिक ल्याउने तयारी त्यहाँको विदेश मन्त्रालयले थालेको छ।

हालसम्म १ हजार ४ सय २५ भारतीय नागरिकलाई आठवटा उडानमार्फत स्वदेशल्याइसकिएको छ। फर्किएकाहरुको स्क्रिनिङ्ग गरी कोरोनाको शंकास्पद देखिएका २ सय ४४ यात्रुलाई एरोसिटी द्वारका र दक्षिण दिल्लीको होटलहरूमा क्वारेन्टाइनका लागि पठाइएको छ। बाँकीलाई उनीहरुको गृहराज्य उत्तर प्रदेश, पञ्‍जाव र हिमाचल प्रदेश  पठाइएको छ I

विदेशबाट ल्याइएका धेरै यात्रुलाई विमानस्थलबाट सीधै क्वारेन्टाइनमा लगेर राखिएको छ। १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने भएको छ। नेगिटिभ रिपोर्ट आएमा मात्रै घर जान दिने नीति सरकारले बनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.