काठमाडौं : साउदी अरबमा रहेका ६७४ जना नेपाली कोरोनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
साउदीस्थित् नेपाली दूतावासले हाल सम्म ६७४ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ। जसअनुसार ११ महिला रहका छन्। त्यस्तै संक्रमणका कारण एक जनाको ज्यान गएको जनाएको छ।
दुतावसाकाअनुसार साउदी अरबको पूर्वी क्षेत्र (जहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको छ) मा ३३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान आदि) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका छन्।
दूतावासका अनुसार संक्रमित भएकामध्ये कैयौँ जना निको भई काममा फर्किसकेका छन्। तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको दूतावासले जनाएको छ।
साउदीस्थित् नेपाली दूतावासले पहिलोपटक संक्रमित नेपालीको तथ्यांक सार्वजनिक गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।