बागलुङ : गलकोट नगरपालिकाका १ सय ९ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पोखरा पठाइएको छ।
गलकोटबाट पर्सा गएका १४ मजदुरमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाकाे स्वाब प्रादेशिक प्रयोगशाला पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।
गुरौका अनुसार संक्रमितको सम्पर्कमा आएका ८ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ४ सुरक्षाकर्मी, १ पत्रकार, ५ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी र अन्य ८७ सर्वसाधारण गरी १ सय ९ जनाको स्वाब संकलन गरिएको हो।
स्वाब संकलन गरिएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न भनिएको गुरौले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।