सरकारले सेनामार्फत भ्रष्टाचार गर्न खोजेको आरोप

|

काठमाडौं : जनता समाजवादी पार्टीकी नेतृ एवम्‌ सांसद सरिता गिरीले देशकाे नयाँ नक्सा सार्वजनिक गर्ने विषय नीति तथा कार्यक्रममा समेट्नुअघि भारतसँग कुरा नगरेकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् 

'भारत र चीनसँग सल्लाह नै नगरी नक्सा ल्याउने विषय विदेश नीतिविरुद्ध छ।' सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गिरीले भनिन्‌, 'सरकारले भारत र चीनसँग संवाद नै नगरी जुन ढंगले राष्ट्रपतिको मुखबाट नयाँ नक्सा निकाल्ने कुरा गरेको छ, यसले हाम्रो विदेश नीतिको क्षमतामाथि प्रश्न उठाएको छ। एकातर्फ लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने भनिएको छ, अर्कातर्फ परराष्ट्रमन्त्रीले यसो गर्न संविधान नै बाधक रहेको बताएका छन्।' विदेश नीति जुवा नभएकाले दुई छिमेकीसँग कुरा गर्नुपर्ने गिरीले जिकिर गरिन्‌।

नीति तथा कार्यक्रम खोक्रो रहेको र सरकार अहिले सेनालाई व्यापारमा संलग्न गराएर त्यसैमार्फत भ्रष्टाचार गर्न लागिपरेको गिरीको भनाई छ। कोरोना महामारी नियन्त्रण, राहत र विदेशमा रहेका नेपाली फर्काउनेबारे नीति तथा कार्यक्रम मौन रहेको पनि उनले बताएकी छिन्‌। 

सरकारले नीति तथा कार्यक्रममा प्रतिष्पर्धात्मकको साटो परिपूरक लोकतन्त्रको कुरा गरेको र त्यसले एकदलीय शासनतर्फ सरकार उन्मुख भएको त होइन भन्ने शंका पैदा भएको बताउँदै गिरीले भनिन्‌, 'नीति तथा कार्यक्रममा कानुन, संवैधानिक सर्वोच्चता र प्रेस स्वतन्त्रताको कुरा गरिएको छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.