|

दैलेख : कर्णाली प्रदेशको दैलेखमा कोरोनाका पहिलो संक्रमित फेला परेसँगै अहिले दैलेखमा उच्च सजगता अपनाइएको छ। जिल्लाको आठबिस नगरपालिका १ का कोरोना संक्रमित ३५ वर्षीय युवा ४१ दिन भारतको वनवासामा क्वारेन्टाइनमा बसेर महेन्द्र नगर हुँदै दैलेख आएको खुलेको छ।

 आठबिस नगरपालिकाका नगरप्रमुख खड्कराज उपाध्ययाका अनुसार सीमापारि भारतको वनवासामा अलपत्र परेका नागरिकको उद्धारका क्रममा नगरपालिकाले चैत ३१ गते संक्रमित युवासँगै ३९ जनालाई उद्धार गरि ल्याइएको बताए। उद्धार गरी ल्याइएका ३९ जनालाई नगरपालिका १ मा निर्माण गरिएका क्वारेन्टाइनमा बस्दै आएका थिए।

संक्रमित युवा क्वारेन्टाइनमै

 कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित अहिले पनि क्वारेन्टाइनमा नै राखिएको छ। युवकलाई कोरोना संक्रमण रहेको सोमबार राति पुष्टि भए पनि अहिलेसम्म उपचारका लागि अस्पताल लगिएको छैन। आठबीस नगरपालिकाका नगरप्रमुख उपाध्ययाका अनुसार चैत्र ३१ गते उद्धार गरि वनवासा बाट ल्यायका ३९ जनासँगै संक्रमित युवा पनि नगरपालिका १ को लक्ष्मी माबिमा निर्माण गरिएको क्वारेनटाइनमा रहेको बताए।

यता, स्वास्थ्य कार्यलय दैलेखका खोप अधिकृत तथा कोरोना सूचना आधिकारी थिरप्रशाद रेग्मीका अनुसार संक्रमित ३५ वर्षीया युवालाई उपचार गर्नका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा ल्याउने तयारी भइरहेको बताए।

 उनले संक्रमित युवालाई जिल्ला ल्याउनका लागि आजै टोली जिल्लाबाट आठबिस जाने तयारी भइरहेको जानकारी दिए। संक्रमीत युवासँगै शनिबार स्वाब संकलन गरिएका ३९ जनामध्ये ३८ जनाको रिर्पोट नेगेटिभ आएको र निर्देशनअनुसार १४ दिनपछि उनीहरुको स्वाब संकलन गरी पुन: परीक्षणका लागि पठाइने रेग्मीले बताए। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्‍जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको थियो।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि पुन परीक्षणका लागि युवाको स्वाब संकलन गरी नमुना नेपालगन्ज पठाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.