काठमाडौं : ब्राजिलमा पछिल्लो समय कोरोना भाइरस तिब्र रूपमा फैलिरहेको छ। कोरोनाको इपिसेन्टर बन्दै गरेको ब्राजिलमा पछिल्लो २४ घण्टामा ११ सय ५३ जनाको मृत्यु भएको छ भने १६ हजार ७३० जना संक्रमित भएका छन् ।
योसँगै ब्राजिलमा कुल संक्रमितको संख्या ३ लाख नाघेको छ। अहिलेसम्म संक्रमितको संख्या ३ लाख १० हजार ८७ पुगेको छ। ब्राजिल धेरै संक्रमित हुने देशको सूचिमा अमेरिका र रसियापछि तेस्रो देश बनेको छ।
मृत्यु हुनेको संख्या पनि २० हजार नाघेको छ। अहिलेसम्म २० हजार ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ। ब्राजिलले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मलेरियाको उपचारमा प्रयोग हुने क्लोरोक्वीन र हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग कोरोनाका संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय गरेको छ।
त्यस्तै विगत २४ घण्टामा अमेरिकामा १३ सय ५६ जनाको ज्यान गएको छ। त्यहाँ कुल मृततको संख्या ९६ हजार २ सय ९२ रहेको छ। हालसम्म १६ लाख २० हजार ३ सय ७१ संक्रमित छन्। त्यस्तै रुसमा तीन लाख १७ हजार ५ सय ५४ संक्रमित छन्।
विश्वमा संक्रमितको संख्या ५१ लाख ८९ हजार ९१ रहेको छ। ३ लाख ३४ हजरा ६९ जनाको ज्यान गएको छ। २० लाख ७८ हजार २ सय ५६ जना उपचारपछि निको भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।