सर्लाही : शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सर्लाहीमा १५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। योसँगै सर्लाहीमा कोरोना भाईरस संक्रमित २० जना पुगेका छन्।
शुक्रबार सार्वजनिक भएअनुसार सर्लाहीको गोडैता नगरपालिका वडानम्बर ८, ९, ११, १३ र रामनगर वहुअर्वा गाउँपालिका वडानम्बर ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ बर्षिय महिलामा पोजेटिभ देखिएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए।
केही दिनअघि मात्रै छिमेकी मुलुक भारतबाट ८६ जना गाउँ आएका थिए। उनीहरू सबै क्वारेन्टाइनमा बसेका छन्। सबैको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित टेकु अस्पतालमा पठाएको मध्ये १५ जनाको कोरोना पोजेटिभ आएको बताए। अहिले गोडैता नगरपालिका र राम नगर बहुअर्वा गाउँपालिकालाई सिल गर्ने तयारी भइरहेको प्रजिअ जिसिले बताए। सर्लाहीमा एकैपटक यति धेरै कोरोना संक्रमित भेटिएपछि जिल्लाबासीमा त्रास फैलिएको छ।
बागमती ९ का संक्रमित पुरुष पाँच दिनअघि बिरामी ठूलीआमालाइ लिएर उपचारका गराउनका लागि काठमाण्डौ गएको उनका आफन्तले जनाएको छ, उनीसँग भाइ पनि सँगै रहेको बागमती नगरपालिका ९ का वडाध्यक्ष रामबावु दासले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।