कोभिड-१९ {अपडेट}

कोरोनाबाट मृत्यु भएका गुल्मीका पुरुषको सम्पर्कमा आएकाको पिसिआर रिपोर्ट नेगेटिभ

जेठ १०, २०७७

    गुल्मी : कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिकाका पुरुषका गाउँलेको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

    मदानेको ती पुरषमा गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि जिल्ला स्वास्थ्य कार्यालयको टोलीले मंगलबार शिक्षकसमेत रहेका ती पुरुषसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी पिसिआरको लागि  प्रादेशिक प्रयोगशाला रुपन्देही पठाएको थियो।

    जसमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालक लगायत रहेका थिए। तीनमध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको र पाँचजनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए।

    मदाने–६ पुर्कोट दहस्थित एक विद्यालयका शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको तीन दिनपछि मृत्यु भएको छ। तर, ती व्यक्तिमा संक्रमण कहाँबाट भयो भन्ने पुष्टि भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]