कोभिड-१९ {अपडेट}

कोरोना संक्रमित बाराका पत्रकारकी पत्नीलाई पनि संक्रमण

जेठ १०, २०७७

    बारा : बाराका एक सञ्चारकर्मीकी पत्नीलाई पनि कोरोना भइरस संक्रमण भएको छ। सदरमुकाममा रहेको एक एफएममा कार्यरत कोरोना संक्रमित पत्रकारकी ३७ वर्षीया पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

    करैयामाई गाउँपालिका–५ की ती महिलामा शनिबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पत्रकारलाई संक्रमण पुष्टि भएसँगै उनका परिवारका आठजनाको स्वाब संकलन गरिएको थियो। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए। 

    थपिए संक्रमित

    बारामा थप एकजनामा संक्रमित बढेको छ। शनिबार एक जना थपिएसँगै बारामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ।  शुक्रबार राती ६ जना थपिएका थिए। सिम्रौनगढस्थित कंकाली क्‍वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पृष्टि भएको थियो। 

    भारतबाट एक साताअघि नेपाल आएका ५२ जनाको बुधबार स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। तीमध्ये ६ जनामा कोरोना संक्रमण पृष्टि भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]