सुदूरपश्चिममा संक्रमितको संख्या १४ पुग्यो
सुदूरपश्चिममा संक्रमितको संख्या १४ पुग्यो
बैतडी : जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु यसै साता गौरीफन्टा नाकाबाट स्वदेश फर्किएका थिए। नाकामा चेकजाँच उनीहरुको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएकाले उनीहरुमा कोरोना संक्रमण आएको हो। उनीहरु भारतको मुम्बइबाट आएका बुझिएको छ।
संक्रमित युवकहरु सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन्। यो सँगै बैतडीमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने सुदूरपश्चिममा संक्रमित संख्या १४ पुगेको छ।
संक्रमित युवाहरुसँग गौरीफन्टा नाकाबाट शिवनाथका मात्रै ४ सय ७५ जनाभन्दा बढी नागरिक गाउँपालिकाका पुगेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए।
यसअघि शुक्रबार संक्रमण पुष्टि भएका बैतडीका युवकको जिल्ला अस्पताल आइसोलेसनमा उपचार भइरहेको छ। सुदूरपश्चिममा यसअघि भेटिएका ५ जना भने निको भएर घर फकिसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।