'काम नभएका मन्त्रीलाई कोरोना नियन्त्रणमा लगाउनू'

|
फाइल फाेटाे

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री अर्याललाई नेताहरुको घरघरमा नेपालको नयाँ नक्सा पुर्‍याउँदै हिँड्ने काम बन्द गर्न आग्रह गरेका छन्। 

 सस्तो लोकप्रियताका लागि यस्तो काम बन्द गर्न उनले आग्रह गरेका छन्। थापाले माइक्रो ब्लगिङ साइट ट्‍विटरमार्फत मन्त्री अर्याललाई यस्तो आग्रह गरेका हुन्।

केही दिनअघि नेपालको नयाँ नक्सा जारी भएसँगै मन्त्री अर्यालले दलका शीर्ष नेताहरुलाई घरघरमा पुगेर बाँडेको फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। 

अध्यक्ष थापाले लेखेका छन्, ‘नेताहरुको घरघरमा नक्सा पुऱ्याउँदै हिँड्ने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस्।’ थापाले मन्त्री अर्याललाई कूटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमि फिर्ता लिनेबारे गृहकार्य गर्न पनि आग्रह गरेका छन्। ‘सार्थक कूटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गम्भीर गृहकार्यमा लाग्‍न सरकारको ध्यान जाओस्’, उनले लेखेका छन् ।

थापाले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै काेराेना नियन्त्रणमा मन्त्रीलाई लगाउन पनि आग्रह गरेका छन् । ‘काम नभएका मन्त्रीजीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस्', उनले लेखेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.