|

काठमाडौं : सप्तरीको कञ्‍चनरुप नगरपालिकास्थित होम आइसोलेसनमा रहेकी एकजना गर्भवतीको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिका-१ की २४ वर्षीया गर्भवतीको मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो। 

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार गर्भवतीलाई सोमबार रातिदेखि ज्वरो आएको थियो। ज्वरोसँगै उनको  श्‍वासप्रश्‍वासमा पनि समस्या देखिएको थियो।

उनलाई १० दिनदेखि ज्वरो आएर बिरामी परेकी उनी होम आइसोलेसनमा थिइन्।  यादवका अनुसार उनी दुईजना सन्तानकी आमा थिइन्। १००.२ डिग्री ज्वरो आएर श्‍वास फेर्नै गाह्रो भएपछि राजविराजस्थित डा. विनिता यादवको क्लिनकमा उपचारका लागि लगिएको थियो। 

त्यहाँ पिसाबको संक्रमण भएको ठहरसहित चिकित्सकले औषधि दिएर 'होम आइसोलेसन'मा बस्‍न भनेका थिए। कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएपछि मृतक गर्भवतीको स्वाब लिइएको यादवले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.