|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्‍वानमा बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ।

मंगलबार साँझ ५ बजेदेखि बसेको सर्वदलीय बैठक अहिले जारी छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा पूर्वप्रधानमन्त्रीहरुसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी छन्।

बैठकमा संविधान संशोधन, आागामी बजेट, भारतले हडपेको भूमि र अमेरिकी परियोजना एमसिसीबारे पनि छलफल भइरहेको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा संसदको यही सिजनमा एमसिसी पारित गर्ने पक्षमा छन्। 

प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन्। बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरु सहभागी छन्।  प्रधानमन्त्री ओलीले यसअघि भारतले मिचेको नेपाली भूमिबारेमा वैशाख ३१ गते सर्वदलीय बैठक बोलाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.