|

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७७/ ७८ को लागि प्रस्तुत गरेको बजेटमा बैंकहरूका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने जनाएको छ। 

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने बताए।
विकास बैंकको शाखाले पनि कम्तीमा ५ जनालाई यस्तो सहुलियत कर्जा लगानी गर्नैपर्ने उनको भनाइ छ।

आगामी आर्थिक वर्षमा बैंक गाभ्न प्रोत्साहन गर्ने र सहुलियत कर्जाको दायरा बढाइएको समेत अर्थमन्त्री खतिवडाले जनानकारी दिए। उनले बचत तथा ऋण लगानी गर्दै आएका सहकारीलाई पनि गाभिनको लागि प्रोत्साहन गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.