मकवानपुर : मकवानपुरमा आज (आइतबार) थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार १९७ जनाको स्वाब परीक्षण गर्दा ८० जना पुरुष र ५४ जना महिलामा कोरोना पुष्टि भएको हो।
कोरोना हुनेमा मकवानपुर जिल्लाको १२८ जना छन् भने मकवानपुर जिल्ला बाहिरका ६ जना रहेका छन्। हेटौंडा उपमहानगरपालिकाका मात्र १२३ जना छन्।
मकवानपुरको भीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिकाका एक जना, राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन्।
हेटौंडा उपमहानगरपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।