|
सांकेतिक तस्वीर

काठमाडौँ : नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिस क्लबले आर्मी क्लबलाई ३–१ सेटले पराजित गरेको हो। जितसँगै पुलिसले ६ अङ्क बटुलेको छ। पराजित आर्मी प्रतियोगिताबाट बाहिरिएको छ।    

खेलको पहिलो सेटमा पुलिस २५–१९ अङ्कले विजयी भयो। पुलिसले दोस्रो सेट १७–२५ अङ्कले गुमायो। तेस्रो सेटमा पुलिस क्लब २५–१५ अङ्कले विजयी भयो। निर्णायक सेटमा पनि पुलिस क्लबले आर्मीलाई २५–१३ अङ्कले हरायो।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त प्रयोगिताको विजेता टोलीले ४ लाख ९९ हजार तथा उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

तेस्रो हुने टोलीले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.