राजनीति

पूर्व रथी शर्मा सीसीएमसी प्रमुख, आपतकाल घोषणा गरेर सेना परिचालन गर्न सक्ने अधिकार

जेठ ११, २०७८

    काठमाडौं : नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)को प्रमुखमा नियुक्त भएका छन्। 

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवस्तरको जिम्मेवारी दिने निर्णय गरेको हो। शर्मालाई सचिव सरहको राजनीतिक नियुक्ति गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

    कोभिड प्रतिकार्यमा नेपाली सेनाका उपरथी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सदस्य रहने व्यवस्था छ। यसलाई आपत्काल घोषणा गरेर सेना परिचालन गर्न सक्ने अधिकार दिइएको छ।

    यस्तै सोमबारको मन्त्रीपरिषद् बैठकले सप्तरी, सर्लाही, बागमती, सुदूरपश्चिम प्रदेश सहित १० वटा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]