|

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ए टोलीबीच टी–२० शृंखलाको पहिलो खेल भोलि हुँदै छ।

वेष्ट इण्डिजको ए र नेपालबीचको पहिलो खेल भोलि कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १२:१५ बजे शुरु हुनेछ। आईसीसी टी–२० विश्वकप २०२४ को तयारीस्वरुप नेपालले वेष्ट इण्डिजको ए टोलीसँग खेल्न लागेको हो। 

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र वेष्ट इण्डिजको ‘ए’ टोलीबीच ५ खेलको टी–२० शृङ्खला हुँदै छ। वेष्ट इण्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो। 

नेपाल र वेस्टइण्डिज ‘ए’ बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौँ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ। 

घरेलु मैदानमा ५ खेल खेलिसकेपछि नेपाली टोली वेष्ट इण्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अनिल शाह, आरिफ शेख, ललित राजवंशी, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा र करण केसी छन्। सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम छन्।

वेष्ट इण्डिज ए टोलीको कप्तानमा रोस्टन चेससहित एलेक एथानाज, फाबिएन एलेन, कदिम एलियन, जोसुआ बिसप, केसी कार्टी, जानसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थमस र हेडन वाल्स छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.