काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रमपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको संसदीय दलको बैठक बोलाएका छन्। बैठ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्।
१७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिन लागिएको हो।
मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको एमाले नेता विष्णु रिजालले बताए। मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन प्रधानमन्त्री ओली पार्टीका नेताहरूसँग परामर्शमा छन्।
मन्त्रिपरिषदमा सुदूरपश्चिम,कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार हुन लागेको छ। थपिने सबै मन्त्री एमालेका छन्।
एमालेभित्र पूर्व माओवादी समूहका कम्तीमा दुईजनाले अवसर पाउने भएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।