१९ असार २०८१, बुधबार (Wednesday, 03 July, 2024)

राजनीति

एमालेबाट प्रदेश १ को सभामुखमा प्रदीपकुमार भण्डारी सिफारिस

माघ २८, २०७४

    विराटनगर : नेकपा एमाले १ नम्बर प्रदेशको संसदीय दलले सभामुखमा प्रदीपकुमार भण्डारीलाई सिफारिस गरेको छ। सुनसरी क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भण्डारी धरान–१३ निवासी हुन्। आइतबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले भण्डारीलाई सभामुख बनाउने निर्णय गरेको हो। 

    भण्डारी माधव नेपाल पक्षका हुन्। मुख्यमन्त्री संस्थापन पक्षका शेरधन राई हुने पक्का भएसँगै राईको प्रस्तावमा नेपाल समूहका भण्डारीको नाम सर्वसम्मतले निर्णय गरिएको हो। एमाले नेता भीम आचार्यले भण्डारीको नाममा सर्वसम्मत भएको जानकारी दिए। सभामुखको मनोनयनका लागि आइतबार ३ बजेसम्मका लागि समय तोकिएको छ भने सोमबार संसदमा निर्वाचनमार्फत सभामुख चयन हुनेछ। कांग्रेसले भने सभामुखलाई सर्वसम्मत बनाउने भन्दै उम्मेदवारी नदिने जनाएको छ। कांग्रेसका नेता तथा प्रदेशसभा सांसद केदार कार्कीले सभामुख भनेको सबैको भएको र एमालेकै बहुमत भएका कारण उम्मेदवारी नदिएको बताए। ‘एमालेको बहुमत छ।

    फेरि सभामुखमा प्रतिस्पर्धा नगरी सर्वसम्मत बनाउँदा नै ठिक होला भन्ने लागेर कांग्रेसले उम्मेदवारी नदिएको हो,’ कार्कीले भने, ‘उहाँले सबैलाई मिलाएर लानु हुन्छ भन्ने विश्वास छ।’  उपभासमुखका लागि भने बाम गठबन्धनबाट माओवादीको भागमा परेको छ। माओवादीले अहिलेसम्म कुनै नाममा सहमति जुटाएको छैन। चर्चामा भने सुनसरीकी सरस्वती पोखरेल, उमिता विश्वकर्मा र पाँचथरकी सीता थेबेको नाम रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]