काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन्। बेलुकी ५ बजे बस्ने प्रदेशसभा ...
काठमाडौं : आफूलाई प्रजातान्त्रिक र राष्ट्रवादी विचारधारा समूहको मान्ने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एकिकरणको संघारमा छन्। दुई पार्टीबीच एकीकरणका लागि बनाइएको वार्ता टोलीले सोमबार संयुक्त कार्यक्रमको आयोजना गरी एकीकरण सम्बन्धी नीति तथा अवधारणासम्बन्धि प्रतिवेदन हस्तान्तरण गरे।
प्रतिवेदन हस्तान्तरण कार्यक्रम सकिएलगतै दुई पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द र कमल थापा अन्य नेताहरुसहित चियापानका लागि एउटै टेबलमा बसे । नेताको वरीपरी त्यसै पनि कार्यकर्ता सधैं झुम्मिरहेकै हुन्छन्। दुई राप्रपाबीच एकीकरण हुने खबरले उत्साहित राप्रपाका कार्यकर्ता नेताको आसपास झुम्मिएका थिए।
केही पत्रकार कमल थापा र लोकेन्द्रबहादुरसँग कहिलेसम्म राप्रपा एकीकरण हुन्छ त? भनेर जान्न चाहन्थे। टेलिभिजनका क्यामरापर्सनले क्यामरा र माइक तेर्स्याइहाले। दुई अध्यक्षमध्ये कमल थापाले लोकेन्द्रबहादुरलाई भने, 'तपाईँ बोल्नुस्, अध्यक्ष ज्यू।'
लगत्तै लोकेन्द्रबहादुरले कमल थापालाई भने, 'होइन तपाईँ बोल्नुस् अध्यक्ष ज्यू।'
दुई अध्यक्षले एकअर्कालाई 'तपाईँ बोल्नुस्' भनेर पालो दिएपछि एकछिन रमाइलो समेत भयो। वरपर नेतालाई घेरेर बसेका कार्यकर्ता र पत्रकारमा हाँसो छायो।
दुई अध्यक्षबीच आलोपालोको कुरा भएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोल्न सुरु गरे। थापाले साउन दोस्रो सातासम्म राप्रपा दुईवटाबाट एउटा हुने बताए। राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले पनि केन्द्रीय समितिमा प्रतिवेदन पेश गरेर छिट्टै एकीकरण प्रक्रिया टुङ्ग्याउने बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।