३० भन्दा धेरै बेपत्ता भएको आशंका

|

काठमाडौं : कालिकोटमा टिपर दुर्घटना भएको छ। बुधबार बिहान करिब ५० जना मानिस बोकेको टिपर कालिकोटस्थित कर्णाली नदीमा खसेको हो। भारतबाट आएका मानिस लिएर कालिकोट जिल्लाको लालिघाट भन्ने स्थानबाट रास्कोट जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिप्पर कर्णाली नदीमा खसेको हो। जिल्ला प्रहरीकार्यालय कालिकोटका अनुसार टिप्परमा कतिजना सबार थिए भन्ने खुलिसकेको छैन।

घटनास्थलतर्फ प्रहरी टोली गएका र टिप्पर के कारणले दुर्घटना भएको भन्ने खुल्‍न बाँकी रहेको कालिकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार अहिलेसम्म ३ जना को शव भेटिएको छ। अझै अधिकांश बेपत्ता छन्। प्रहरीले यसको स्वतन्त्र पुष्टि गर्न बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.