|

काठमाडौं : कुवेतबाट जजिरा एयरवेजले नेपाली कामदार ल्याउँदा दुईवटा शव पनि नेपाल ल्याउने भएको छ।  जजिरा एयरवेजले कुवेतबाट भोलि बिहीबार दुईवटा विमानमा तीनसय नेपाली नागरिक लिएर आउन लागेको नेपाल नागरिक उडडयन प्राधिकारणका प्रवक्ता राजकुमार क्षत्रीले बताए।

कुवेत सरकारको संयोजनमा त्यहाँ रहेका नेपाली कामदार पठाउने अभियानमा दुईवटा शव पनि आउने भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

विदेशबाट ल्याइएको शवलाई मृतकको घरसम्म पुर्‍याउनको लागि वैदेशिक रोजगार बोर्डले सहजीकरण गरिदिने वैदेशिक रोजगार बोर्डका प्रवक्ता  दिनबन्धु सुवेदीले बताए। दूतावासले दुईवटा शव आउन लागेको जानकारी दिएको उनले प्रष्ट पारे। 

सुवेदीले भने, ’कुन-कुन जिल्लाको शव रहेको त्यो जानकारी छैन। दूतावासबाट मृतकको जानकारी सहितको पत्र आएपछि मात्र थाहा हुन्छ।' मृतकको शवलाई विमानस्थलबाट घरसम्म पुर्‍याउनका लागि यातायातको व्यवस्था गरिने उनले जानकारी दिए। नेपालस्थित जजिरा एयरवेजको सम्पर्क कार्यालयका जानकारीअनुसार भोलि मात्र कुवेतबाट नेपाली नागरिक लिएर आउने क्षत्रीले बताए।

उनले भने, 'समय अभावको कारणले कुवेतबाट विमानले उडान भर्न नसकेको जानकारी पाएको छु। भोलि कुन समयमा नेपाल आइपुग्ने त्यसको निर्धारण भइसकेको छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.